अष्ट्रियाकी विदेश मामिला मन्त्री क्नेइस्सल काठमाडौँ ओर्लिन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ९, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन ९,काठमाडौँ । अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन क्नेइस्सल बिहीबार काठमाडौं आएकी छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन नेपाल आउनु भएको हो । नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘नेपाल(अष्ट्रिया सहकार्यको ६० वर्ष’ कार्यक्रमलाई सम्बोधन गर्नेछिन।

विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि छन् । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेशमन्त्री करिनको टोलि फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस