सहरभित्रका पेट्रोल पम्प हटाइँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौं । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।

काठमाडौँ महानगरपालिका , ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।

त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ ।

टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पको अध्ययन गरी पठाउन कार्यादेश दिएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस