धुनिवेशी नगरपालिकामा दादुरा-रुवेला खोप अभियान लगायतका प्रस्तावमाथी छलफल

धुनिवेशी नगरपालिकामा दादुरा-रुवेला खोप अभियान लगायतका प्रस्तावमाथी छलफल

फागुन ४, धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा दादुरा रुवेला खोप अभियान लगायतका प्रस्तावमाथी छलफल गरिएको छ ।
कार्यक्रममा दादुरा रुबेला खोप अभियान यहि फागुन १३ गते देखी १९ गते सम्म सञ्चालन हुने भएकाले ९ महिना देखी ५ वर्ष सम्मका सम्पुर्ण बालबालिकाहरुलाई खोप लगाउन विभिन्न माध्यममार्फत प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

नगरपालिकास्तरिय पुर्ण खोप समन्वय समितीको बैठकले स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षण तथा जन्मेदेखी ५ वर्ष मुनिका बालबालिकाहरुको तथ्याङ्क सँकलन गर्ने, पुर्णखोप शुनिश्चितताको लागि स्वास्थ्य कार्यालय धादिङलाई डाटा भेरिफिकेशन, अनुगमन तथा प्रमाणिकरणका लागि अनुरोध गर्ने लगायत खोप अभियानको क्रममा खोप बाट हुने अवान्छित घटना भईहालेमा पालिकास्तरिय टोली परिचालन गर्ने निर्णय समेत गरेको छ ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस