चार वायु कायमै, सबै प्रदेशमा आंशिक बदली र वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ६, मंगलबार (५ घण्टा अघि)
  • ३८ पटक पढिएको
चार वायु कायमै, सबै प्रदेशमा आंशिक बदली र वर्षा

जेठ ६, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । मधेश प्रदेश लगायत कोशी प्रदेश प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस