यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदै

फागुन १२, काठमाडौँ । यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन हुन लागेको हो ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस