‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय बुधबारदेखि नेपालमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १२, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १२, काठमाडौं । ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएसन (नाडा) को संयुक्त आयोजनामा बिआरआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि शुरु हुने भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा झण्डै १२ देशका १४० जना सहभागी हुने आज कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बिआरआइ सडक र सामुृद्रिक मार्गबाट युरोप, एशिया र अफ्रिका जोड्ने चिनियाँ अवधारणा हो । उक्त सम्मेलनमा यातायात र भौतिक पूर्वाधारसम्बन्धी विषयमा छलफल हुने युथ कम्युनिटी फर नेपाली कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले बताए।

उनका अनुसार सम्मेलनमा छलफलका लागि नेपाल र बिआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् । यातायात क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको सहभागी हुने हुँदा सम्मेलन महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘सम्मेलनमा नेपालभित्रको सडक र नेपाललाई अन्य देशसँग जोड्ने सडकका विषयमा छलफल हुनेछ ।’

सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलङ्का, मलेसियालगायत देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस