चैत्र १,काठमाडौँ । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका लगानीकर्तालाई सहभागी हुन अर्थमन्त्री वर्षमान पुनले आह्वान गरेका छन् ।
बिहीबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् ।
दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।
नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएको र यसमा स्वीट्जल्याण्डका निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनिएको समेत उनले जानकारी दिइन् ।