‘पानीजहाज विधेयक’ राष्ट्रियसभाबाट पारित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २६, सोमबार (३ घण्टा अघि)
  • ४७ पटक पढिएको
‘पानीजहाज विधेयक’ राष्ट्रियसभाबाट पारित

जेठ २६, काठमाडौं । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । आजको सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।

सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस