फागुन १६,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा छ ।
यस्तै आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा तोकिएको छ ।
आज बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०८ पैसा छ ।
बिहीबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ ।