शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ३, सोमबार (१ साल अघि)
  • ३६ पटक पढिएको
शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख ३, काठमाण्डौँ । आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै सानिमा माई हाईड्रोको ६ करोड ९० लाख,सूर्यज्योति लाइफको ६ करोड ३७ लाख,हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३१ लाख र सिवाईसी नेपाल लघुवित्तको ६ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।

यो दिन कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेन । आज मेन्छियाम हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.७९ प्रतिशतले बढ्यो । श्रृजनशिल लघुवित्तको सेयरमूल्य ५.५६ प्रतिशत,मानुषी लघुवित्तको सेयरमूल्य ४.४७ र माउन्टेन हाईड्रोको सेयरमूल्य ३.८१ प्रतिशतले बढ्यो ।

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य ७.४३ प्रतिशत र मान्डु हाईड्रोको सेयरमूल्य ६.०१ प्रतिशतले घट्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस