दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदासमेत दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस