नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने,चिनियाँ विज्ञ टोली नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १७,काठमाडौँ । । नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चाईना जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउन सम्झौता गरेको हो ।

सम्झौता अनुसार अबको एक महिनाभित्र चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ ।

चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम गरी ईन्धन भण्डार पत्ता लगाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस