फागुन १७,काठमाडौँ । १४ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो साना किसान सम्मेलन सकिएको छ ।सम्मेलनले तीनै तहका सरकारसँग सहकार्य गरी सहकारीको विकासमा लाग्ने निती तयार पारेको छ । सहकारीमार्फत आर्थिक रुपान्तरण गर्ने १४ बुँदे घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा समेटिएका विषय यस्तो छ –
साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकाससाना किसान सम्मेलन २०१९ को घोषणाफागुन १७, २०७५ (मार्च ), २०१९०
साना किसान सम्मेलन, २०७१ बाट घोषित कार्यक्रम मध्ये बाँकी कार्यलाई निरन्तरता दिदै यो साना किसान सम्मेलन, २०७५ ले सन् २०३० सम्म नेपालको गरिबी न्यूनीकरणका लागि दिगो विकासको लक्ष्य प्राप्तीमा सघाऊ पु¥याउने गरी “साना किसानको समृद्धि स् कृषिको रुपान्तरण र उद्यमशीलताको विकास” भन्ने मूल मन्त्रलाई सार्थक बनाउन तत् सम्बन्धी लक्ष्य प्रस्ताव गरेको छ ।
नेपाल सरकारका तीनै तह, दातृ तथा सहयोगी निकाय, वित्तीय संघरसंस्था समेतबाट सहयोग जुटाई साना किसान विकास अभियानका सञ्जालहरुको अधिकतम परिचालन मार्फत उपरोक्त लक्ष्य प्राप्त गर्ने प्रस्तावक साना किसान विकास अभियानका सञ्जालहरु देहाय अनुसारको घोषणा गर्दछन् ।
१. नेपाल सरकार (तीनै तह), राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दातृ संघ/संस्थास बैंक तथा वित्तीय संस्थाहरु, गैर सरकारी संघरसंस्था तथा विकास साझेदारहरु बीच सम्पर्क एवं समन्वय विस्तार गरी दिगो विकास लक्ष्य प्राप्तिका लागि क्षमता, उद्यम, एवं पूर्वाधार विकाससँगै कृषि मूल्यशृङ्खला प्रवद्र्धन गर्न आवश्यक प्राविधिक सेवा, वित्त र अनुदान व्यवस्थाका लागि लक्षित वर्गको स्वामित्व समेतमा विशिष्टिकृत वित्तीय संस्थागत संरचनाको प्रबन्ध सहित लगानी वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लक्षित समुदायको सामाजिक र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने ।
२. संस्थाको सञ्चालन र व्यवस्थापनमा महिला तथा युवाहरुको सहभागिता बढाई समावेशिता तथा लैङ्गिक समानतामा अभिवृद्धि गरी सम्मुनत समाजको निर्माणमा सहयोग गर्ने ।
३. देश भित्र तथा वाह्य देशमा देखिएका उपयुक्त प्रविधीको प्रयोग गरी बजारोन्मुख जैविक (अर्गानिक) एबं विषादी रहित कृषि प्रणालीको विकास, विविधिकरण, प्रवद्र्धन तथा विस्तारका साथै बजारको प्रबन्ध मिलाउने ।
४. साना किसान कृषि सहकारी र यस्तै प्रकृतिका अन्य सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिबृद्धि गर्ने र क्षमता अनुसारको स्रोत साधनको व्यवस्था गरी साना तथा मध्यम खालका कृषि उद्यम प्रवद्र्धनका लागि आवश्यक सेवाको उपलब्धतालाई सहज बनाउने ।
५. साना किसान कृषि सहकारी संस्थाहरुलाई सक्षम र सबल रुपले सञ्चालन गर्न तथा दिगो विकास लक्ष्य अनुरुप गुणस्तरीय सेवा प्रवाह योग्य बनाउन साझेदारी, समन्वय र आउट सोर्सिङ्गको विधिद्वारा जनशक्तिको दक्षता विकास गर्ने ।
६. लक्षित वर्गको चाहना, सहकारी मूल्य र सिद्धान्त अनुरुप सामुदायिक सहकारी सञ्चालन गर्न आवश्यक अध्ययन अनुसन्धानबाट देशभित्रका तथा बाह्य देशमा देखिएका असल अभ्यासहरुको अभिलेख तथा पहिचान संकलन गरी त्यस्ता अभ्यासहरुको अनुसरण गर्ने ।
७. विपन्न र सिमान्तकृत समुदायसम्म वित्तीय र गैर वित्तीय सेवाको पहँच विस्तार गरी गरिबी न्यूनीकरण र सामाजिक पुँजी निर्माणको बृहत् लक्ष्य प्राप्ति गर्न साना किसान कृषि सहकारी संस्था लि। र यस्तै प्रकृतिका अन्य सहकारीहरुको संस्थागत क्षमता अभिवृद्धि साथै सेवा नपुगेको क्षेत्रहरुमा सक्षम र सबल साना किसान सहकारीको अनुसरण गर्ने ।
८. कृषिजन्य पदार्थको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न युवाहरुको दक्षता अभिवृद्धि गरी व्यावसायिक कृषि उत्पादन तथा उद्यममा संलग्न हुन पुँजी उपलब्ध गराई प्रोत्साहन सहित सहयोग गर्ने ।
९. साना किसान कृषि सहकारी संस्थाहरुको संस्थागत विकास तथा सुदृढिकरणका लागि केन्द्रीयस्तरमा एक ज्ञान तथा अन्वेषण कोषको स्थापना गरी आवश्यक तालिम, विकास र अनुसन्धानका सेवाहरु उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१०. साना किसान कृषि सहकारी संस्थाहरुलाई सक्षम र सबल रुपले सञ्चालन गर्न तथा सेवा नपाएका वा अपेक्षित सेवा लिन नसकेका लक्षित समुदायलाई गुणस्तरीय र समयमै सेवा दिने सक्षम जनशक्ति विकासका लागि नेपाल कृषि सहकारी केन्द्रीय संघको सकृयतामा निर्माणाधिन तालिम केन्द्रको कार्यलाई पूर्णता दिई तालिम दिने व्यवस्था गर्ने ।
११. सूचना आदान प्रदान एवं अनुगमनका लागि सरोकारवाला संस्थाहरु बीच कम्प्यूटरकृत डाटावेस स्थापना गरी अद्यावधिक गर्ने व्यवस्था मिलाउने ।
१२. साना किसान विकास अभियानको सम्वन्धमा चेतना अभिवृद्धि गर्न, कार्यक्रम विस्तारका लागि उपयुक्त वातावरण सिर्जना र कार्ययोजनाको सफल कार्यान्वयनमा योगदान पु¥याउन आमसंचार माध्यमसंग सहकार्य गर्ने ।
१३. सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप समुदायमा आधारित साना किसान तथा अन्य उस्तै प्रकृतिका सहकारी संस्थाको स्वनियमन प्रणालीको विकास तथा कार्यान्वयन गर्ने ।
१४. समुदायका पिछडिएका तथा वित्तीय सेवाको पहुँच नपुगेका लक्षित वर्गमा वित्तीय साक्षरता, समावेशीकरण एवं नेतृत्व विकासमा सहभागी गराई दक्षता, उद्यमशीलता र अन्वेषणात्मक क्षमताको विकास गर्दै आर्थिकरसामाजिक विकासमा उनीहरुको सहभागिता अभिवृद्धि गरी आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरण गर्ने ।
प्रत्येक पाँच वर्षमा साना किसान सम्मेलन गर्ने कुरा सम्मेलन आयोजक मूल समिति घोषणा गर्दछ र यस घोषणा पत्रको कार्यान्वयनको लागि लक्ष्य, समय र जिम्मेवारी किटानी सहितको कार्ययोजना तयार गरी उक्त कार्ययोजना अनुरुप भएको कार्य प्रगतिको अनुगमन तथा मूल्याङ्कनका लागि सम्मेलन आयोजक मुल समितिले घोषणा पत्र अनुगमन तथा मूल्याङ्कन उप–समितिको गठन गर्नेछ ।