विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ : नेता नेपाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १७,   ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताएका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको ३७औँ वार्षिकोत्सवमा नेता नेपालले विद्यालयमा शिक्षकले शिक्षाका साथै उपयुक्त संस्कार बनाउन ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

‘एउटा विद्यार्थी सफल हुन घर, विद्यालय र समाज सबैको उत्तिकै भूमिका आवश्यक रहन्छ’, नेता नेपालले भने, ‘एउटा असल विद्यार्थीले एउटा गाउँ मात्र होइन पूरै समाजलाई समेत असल बनाउन सहयोग पुर्याउँछ ।’

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले विद्यार्थीको भविष्यलाई मध्यनजर गरी तीन विद्यालयमा प्राविधिक शिक्षाको शुभारम्भ गरेको बताए । श्रेष्ठले भने, ‘थप दुई विद्यालयमा प्राविधिक शिक्षाको शुभारम्भ गर्नेछौँ ।’ रासस

ताजा अपडेट

खोजी गर्नुहोस