जेठ १, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताएकी छिन् । रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको यच ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताईन् । सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ, मन्त्री चौधरीले भनिन् सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।