सेयर कारोबार

आज धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १६, बुधबार (११ महिना अघि)
  • १२३ पटक पढिएको
आज धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन छन् ?

जेठ १६, काठमाण्डौँ । पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै आज सिईडिबि हाईड्रोको १९ करोड २७ लाख,सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड २८ लाख बढीको सेयर कारोबार भयो ।

आज युनिलिभर नेपाल,कालिञ्चोक दर्शन,अपर लोहोरे खोला र भगवति हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ८.१७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ७.६५ र नेपाल वेयरहाउजिङको सेयरमूल्य ६.०६ प्रतिशतले बढ्यो ।

आज बुद्धभुमी नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ९.४१ प्रतिशतले घट्यो ।

# सेयर कारोबार

ताजा अपडेट

खोजी गर्नुहोस