प्रतिनिधिसभा

प्रतिनिधिसभा : विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ११, मंगलबार (११ महिना अघि)
  • ६६ पटक पढिएको
प्रतिनिधिसभा : विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

असार ११, काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

#प्रतिनिधिसभा

 

ताजा अपडेट

खोजी गर्नुहोस