भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • ९६ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

असार १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्रीसँग छलफलका लागि एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । शनिबार पनि प्रचण्ड र ओली साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

शनिबार अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालकोटमा लामो वार्ता भएपछि त्यसले देशको राजनीतिमा तरंग पैदा गरेको छ । ओलीले देउवासँग वार्ता गरेपछि सत्तारूढ माओवादी लगायतका दलहरू सशंकित भएका छन् ।

#भेटवार्ता

ताजा अपडेट

खोजी गर्नुहोस