प्राकृतिक विपत्ति

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • ६३ पटक पढिएको
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको माग

असार १७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनकालागि आग्रह गरे ।

उनले भने,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरु न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका निमित्त आग्रह गर्न चाहान्छु ।’

#प्राकृतिक विपत्ति

ताजा अपडेट

खोजी गर्नुहोस