प्रचण्डको विपक्षमा दुई तिहाइ मत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१० महिना अघि)
  • ७५ पटक पढिएको
प्रचण्डको विपक्षमा दुई तिहाइ मत !

असार २८,काठमाडौँ । प्रतिनिधिसभामा प्रधाममन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा दुई तिहाइ मत परेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदा दुई तिहाइ सांसद विपक्षमा उभिएका हुन् ।

एमाले, जसपा, नाउपा र जनमतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

विश्वासको मतको मत विभाजनको बैठकमा उपस्थित २५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका ६३ सांसदले मतदान गरे ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत परेको छ भने एक जना सांसद तथष्ठ मत प्रकट गरेका छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नाउपा र स्वतन्त्र सांसदहरुले पनि विपक्षामा मत जाहेर गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस