सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औँ बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ३०, आईतबार (१० महिना अघि)
  • ८१ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १७ बसन्त पार गरेर १८आंै बर्षमा प्रबेश गरेको छ । यही १८आंै बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान दिनुहोस्” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस