मुद्रास्फीति

५० वर्षमा नेपाल मुद्रास्फीति औसत ८.३२ प्रतिशत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १०, बिहिबार (९ महिना अघि)
  • १०३ पटक पढिएको
५० वर्षमा नेपाल मुद्रास्फीति औसत ८.३२ प्रतिशत

काठमाडौँ – विगत ५० वर्षमा नेपालमा मुद्रास्फीतिमा उल्लेख्य उतार चढाव आएको छ । यद्यपि पाँच दशकमा नेपालको मुद्रास्फीति औसत ८.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मुद्रास्फीति प्रतिवेदन २०७९र८० पहिलो पटक सार्वजनिक गरेको हो ।

पहिलो पटक भएकाले यसअघिका ५० वर्षलाई विश्लेषणसहित प्रस्तुत गरिएको र यसले औसत मुद्रास्फीतिले प्रवृत्तिलाई देखएको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रतिवेदनको मुख्य उद्देश्य एक आर्थिक वर्षभरको मुद्रास्फीतिलाई समूहगत रूपमा भएको घटबढलाई गहिराइमा विश्लेषण गर्न खोजिएको हो ।

# मुद्रास्फीति

ताजा अपडेट

खोजी गर्नुहोस