पेट्रोलियम पदार्थ

घट्यो पेट्रोलिम पदार्थको मूल्य, नयाँ मूल्य आजदेखि लागु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १७, बिहिबार (९ महिना अघि)
  • ११९ पटक पढिएको
घट्यो पेट्रोलिम पदार्थको मूल्य, नयाँ मूल्य आजदेखि लागु

साउन १७, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो ।

पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५७ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा त्यस्तै डिजेल र मट्टीतेलको भाउ १५८ रूपैयाँ पर्नेछ ।

#पेट्रोलियम पदार्थ

ताजा अपडेट

खोजी गर्नुहोस