सुनचाँदी

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १७, बिहिबार (९ महिना अघि)
  • ९४ पटक पढिएको
आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

साउन १७, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस