शेयर बजार

शेयर बजारमा सामान्य करेक्सन, पौने २२ अर्बको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १७, बिहिबार (९ महिना अघि)
  • १०२ पटक पढिएको
शेयर बजारमा सामान्य करेक्सन, पौने २२ अर्बको कारोबार

साउन १७, काठमाडौँ । शेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । बजार ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । फाइनान्स, होटल तथा पर्यटन, लगानी समूह, जीवन बीमा, म्युचुअल फण्ड निर्जिवन बीमा समूह बढेको छ भने अरु समूह घटेको छ । कारोबार भोल्युमका आधारमा हिमालयन रिइन्सुरेन्स अगाडि छ ।

यसको ५९ करोड ७५ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । यसको शेयर मूल्य प्रतिकित्ता ७ सय ७० रुपैयाँ छ ।दोेस्रो बढी कारोबार हुनेमा शिवम सिमेन्ट परेको छ । यसको ४३ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस