राउत-सरकार सहमती :’आशंकाको मनोरोगले आफैलाई समाप्त पार्छ ‘-नेता रोकाहा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २६,काठमाडौँ । नेकपानिकट इृन्जिनियरहरुको संगठनका युवा नेता इन्जिनियर सन्जिब रोकाहाले सिके राउत र सरकारबीच भएको सम्झौता ऐतिहासिक भएको भन्दै अनावश्यक हल्ला फैलाउनु बेमौसमी बाजा भएको बताएका छन । उनले  आशंकाको मनोरोगले आफैलाई समाप्त पार्छ ।’ भने

रोकाहालेले सरकार र सीके राउतबीचको सहमतिलाई गलत देखाएर कसैले आफुलाई राष्ट्रवादी र देशभक्त हुँ भनी राजनीतिको रोटी सेक्नु बेकार भएको बताए । उनले नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य भएकाले कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी पछि नलाग्न हल्लाकर्ताहरुलाई आग्रह समेत गरेका छन ।

गतिशील इन्जिनियर्‍स एसोसिएसनका केन्द्रीय नेता समेत रहेका रोकाहाले सिके राउतले हिजो लिएको बाटोलाई मोडेर आगामी दिनमा नेपालको सार्वभौमिकता र अखण्डतालाई सिरोधार्य गरि अगाडि बढने गरि सरकारसँग सम्झौता गर्दै राजनैतिक अवतरणका साथ सार्वजनिक हुनुसँग किन हाम्रा केही मानिसको टाउको दुखेको होला ? भनि प्रश्न समेत गरेका छन ।

उनले भने, ‘सम्झौतामा प्रचलित नियम कानुन बमोजिमको जनअभिमत भनेको नियम अनुसार हुने निर्वाचन नै बुझ्नु पर्छ जसलाई अन्य धेरै अर्थ लगाएर खिचडी पकाउनु को के अर्थ छ ? यो सम्झौताको एउटा महत्वपूर्ण सन्देस बाटो बिराएकाहरुलाई सरकार मुलधारमा ल्याउन सदैब तयार रहेछ भन्ने नै हो । सम्झौता ब्यक्ती पिच्छे सोधेर गरिने निर्णय हैन राष्ट्रको आवश्यकता र जनताको हित अनि राजनैतिक सामाजिक प्रणालीलाई दरिलो बनाउन गरिने एक सहमती हो । भविष्यमा गलत नहोस भनी चिन्ता लिनु त स्वभाभिकै होला तर अर्थको अनर्थ व्याख्या गरि बेमौसमी बाजा बजाउनु आफ्नै मुख दुखाउनु हो, सकारात्मक सोचौ ‘

ताजा अपडेट

खोजी गर्नुहोस