राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विवाद चर्किदै, आन्दोलनको तयारीमा स्थानीय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (९ महिना अघि)
  • ६३ पटक पढिएको
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विवाद चर्किदै, आन्दोलनको तयारीमा स्थानीय

भाद्र ८, काठमाण्डौँ ।  ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशक नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

विशेषगरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, व्यथिति भित्रिएको र उपकरणहरु थन्क्याएर बिरामीको उपचार प्रभावित भएको भन्दै स्थानीयले आन्दोलनसमेत गर्दै आइरहेका छन् । तीन वर्षयता अस्पतालले प्रदान गर्ने सेवामासमेत असर परेको स्थानीय राजेन्द्र पुरीले बताउनुभयो । ‘आफ्ना पकेटका व्यक्तिलाई कार्यकारी निर्देशक बनाउन र भएका विशेषज्ञ डाक्टरहरुको मनोबल गिराउनेगरी भएको निर्णय सरासर गलत छ । जसका कारण अस्पतालको सेवा प्रभावित भएको मात्र नभई एकाधिकारपूर्ण रुपले स्थायी डाक्टरहरुलाई सेवाबाट निकाल्ने जुन प्रयास भयो त्यहींबाट व्यथिति सुरु भयो । जसको मार स्थानीय र विरामीले खेपिरहनुपरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस