भाद्र ९, काठमाण्डौँ । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कवस्तीमा गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन ।
यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।
भेटिएका थप ४ वटा शव उनीहरुमध्येकै हुनसक्ने अनुमान प्रहरीको छ ।
गए राति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । १ जनाको सकुशल उद्धार गरिएको छ ।
यस्तै अञ्जना पहरीको उद्धार गरिएको छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पहिरोले ४ वटा घर बगाएको थियो । यस्तै एउटा पक्की पुल पनि बगाएको छ ।