मुग्लिन–नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १६, आईतबार (८ महिना अघि)
  • ८९ पटक पढिएको
मुग्लिन–नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

भाद्र १६, काठमाण्डौँ ।  चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक एक आपसमा ठोक्किएका छन् । आज बिहान आर ०१ आई ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको नेपाली ट्रक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रु सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटनाका कारण अन्य सवारी साधन राजमार्गमा नै रोकिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस