दिल्लीकी सांसद लाम्बाले माफी माग्दै हटाइन् नेपालबारे लेखेको विवादित ट्वीट !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन २८,काठमाडौँ । दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छिन् ।

मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् । उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’

दिल्लीकी सांसद लाम्बाले माफी माग्दै लेखेको  ट्वीट  यस्तो छ:-

आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

यस्तो थियो उनको विवादास्पद ट्वीट:-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस