फागुन ३०, काठमाडौँ । नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ। अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन्।
पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्।
पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पु¥याउने गरेका छन्।
खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी।
साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए।