कारागारबाट दुई पटक भागेका एक कैदीलाई गोली प्रहार गरी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (६ महिना अघि)
  • ८३ पटक पढिएको
कारागारबाट दुई पटक भागेका एक कैदीलाई गोली प्रहार गरी पक्राउ

कार्तिक २३, काठमाण्डौँ । कारागारबाट दुई पटक भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी समातेको छ । २०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । उनीसहित अन्य १२ जना समेत कारागारबाट भागेका थिए । लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस