‘संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी छ’ : नेता सिटौला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (६ महिना अघि)
  • ६१ पटक पढिएको
‘संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी छ’ : नेता सिटौला

कार्तिक २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको जिकिर गरे । संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस