चैत्र ४,काठमाडौँ । काठमाडौं उपत्यका र आसपास जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ९ बजेर ६ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ ।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।