परराष्ट्रमन्त्री डा. राणा छन्दुस्थित महावाणिज्य दूतावासमा

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ मंसिर १४, शुक्रबार (५ महिना अघि)
  • ५५ पटक पढिएको
परराष्ट्रमन्त्री डा. राणा छन्दुस्थित महावाणिज्य दूतावासमा

मंसिर १४, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छिन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री डा राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका काम कारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस