सबैको सहमतिमा बीआरआइ अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १५, शनिबार (५ महिना अघि)
  • ७५ पटक पढिएको
सबैको सहमतिमा बीआरआइ अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

मंसिर १५, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको क्रममा व्यापार, लागानी, आर्थिक सामाजिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल केन्द्रीत भएको बताएकी छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने र भइरहेको कामहरुलाई कसरी निरन्तरता दिने भन्ने कुरामा धेरै छलफल भएको भन्दै त्यसमा आर्थिक साझेदारी वृद्धि गर्ने कुरा पनि आएको बताइन ।

उनले भनिन्, ‘दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने र भइरहेको कामहरुलाई कसरी निरन्तरता दिने भन्ने कुरामा धेरै छलफल भयो । यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै जाने दिशातर्फ सम्बन्ध केन्द्रीत हुनुपर्छ भन्ने धारणा रहेको थियो ।’

ताजा अपडेट

खोजी गर्नुहोस