शिक्षा विधेयकमाथिको छलफल लगातार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २०, बिहिबार (५ महिना अघि)
  • ६२ पटक पढिएको
शिक्षा विधेयकमाथिको छलफल लगातार हुने

मंसिर २०,काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’ माथि दफावार छलफल अघि बढाएको छ । बुधबारदेखि समितिमा दफावार छलफल सुरु भएको हो ।

समितिले मंसिर महिनाभरको बैठक र विधेयकमाथिको छलफल तालिका बनाएको छ । लामो समयदेखि समितिमा छलफलको क्रममा रहेको विधेयकमा दसैँ–तिहार बिदा अगाडि संशोधनकर्तासँग छलफल गरिएको थियो ।

समितिका सभापति अम्मर बहादुर थापाले अब लगातार विधेयकमाथि छलफल हुने बताए । समितिले मंसिर २३ गतेदेखि लगातार दफावार छलफलको कार्यतालिका बनाएको छ । जसअनुसार २३ र २४ गते विधेयकमाथि दफावार छलफल अगाडि बढ्नेछ भने २५ गते प्रमुख दलका सचेतकहरूसँग अन्तरक्रिया गर्नेछ । त्यस्तै मंसिर २६ गते विज्ञहरूसँग छलफल कार्यक्रम राखिएको छ ।

सभापति थापाले विज्ञहरूसँग छलफल गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस