आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २८, शुक्रबार (५ महिना अघि)
  • ५२ पटक पढिएको
आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदै

मंसिर २८, काठमाडौँ । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । आगामी तीन वर्षको नेतृत्वका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धी छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन् भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन् । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् । वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतयाः चुनावी मैदानमा छन् ।

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साहबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस