पानी पर्ने सम्भावना कता–कता ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै अरु क्षेत्रको मौसम भने आंशिक बदली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्नतिर मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा सोमबार बेलुकातिर बदली भइ पानी परेको थियो । मंगलबार पनि घाम लाग्ने र बदली हुने क्रम जारी रहने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस