मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत ५, चितवन ।  मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट पूर्वी चितवनतर्फ गइरहेको बा ९१ प ३४८ नम्बरको मोटरसाइकल केन्द्रीय बस टर्मिनल चोकको सडक डिभाइडरमा राति १ बजे ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अधिकारी गम्भीर घाइते भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक धादिङका ३८ वर्षीय सोमनाथ सेढाई गम्भीर घाइते भएका छन्। उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार अन्य दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी चितवनमा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १० र ४ को सिमानामा पर्ने त्रिचोकमा अनटेस्ट मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० निपनीचोकमा जिपको ठक्करबाट स्थानीय १४ वर्षीय किशोरको मृत्यु भयो। रासस

ताजा अपडेट

खोजी गर्नुहोस