मौसम

आजको मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली, अन्य स्थानमा सफा रहने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ५८ पटक पढिएको
आजको मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली, अन्य स्थानमा सफा रहने

पौष ४, काठमाण्डौँ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस