घान्द्रुकमा सवारी दुर्घटना, एकको मृत्यु ६ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ६३ पटक पढिएको
घान्द्रुकमा सवारी दुर्घटना, एकको मृत्यु ६ घाइते

पौष ४, काठमाण्डौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा परेको थियो । घाइते मध्ये ४ जनाको सिम्रिक एयरमार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । स्करपियो दुर्घटना हुँदा गम्भीर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्करपियोमा ६ जना सवार रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस