भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १८, बिहिबार (४ महिना अघि)
  • ७५ पटक पढिएको
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

पौष १८, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस