‘नयाँ विश्वविद्यालय सञ्चालनमा रोक लगाउनु हुँदैन’ : नेपाली कांग्रेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र ९,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिइनुपर्ने बताएको छ ।

विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ ।

शंकरदेव क्याम्पस नेविसंघ इकाइले शनिबार राजधानीमा गरेको संघियतामा शिक्षा विषयक अन्तरक्रियामा काँग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरु खोल्न दिइनुपर्ने धारणा राखेका हुन ।

सभापति देउवाले धेरै विश्वविद्यालय सञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता औँल्याए । काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले नयाँ विश्वविद्यालय स्थापनाका लागि सरकारले यस सम्बन्धी कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कतिपय क्याम्पसहरु विश्वविद्यालय हुन सक्ने क्षमता राख्ने भन्दै उनले दर्जन बढीलाई सम्बन्धन दिन सक्ने गरी त्रिविको क्षमता विस्तार गरिनुपर्नेमा जोड दिए ।

धेरै विश्वविद्यालय खोल्दा गुणस्तरीयता कायम हुन सक्दैन भनेर नयाँ विश्वविद्यालयको अनुमति दिने सवालमा अनुदार हुन भन्दा सम्बन्धित र नियामक निकायबाट अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए।

विश्वभरका विकसित देशले दक्ष जनशक्ति उत्पादनलाई नै मुख्य प्राथमिकता दिने गरेको भन्दै उनले विषयगत विश्वविद्यालय नखुलेसम्म विकासले फड्को मार्न नसक्ने दावी गरे ।

उनले व्यावहारिक र विषयगत विश्वविद्यालय सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस