चैत्र ११,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको म्याद दिएका छन् ।
चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् । विप्लवप्रती कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले हिंसाले विकास सम्भव नभएको बताए ।
सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।
प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै विप्लवलाई भनेका छन्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।