विप्लवमाथि सरकारको कडा एक्सन, धमाधम पक्राउ पर्दै शीर्ष नेताहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका वुद्धिजीवी परिषदका भेरी–कर्णाली इञ्चार्ज पक्राउ परेका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि निगरानी बढाएको प्रहरीले कालिकोटबाट भेरी–कर्णाली एवं कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख धनराज शाहीलाई पक्राउ गरेको हो।

कालिकोटको तिलागुफा नगरपालिका–६ स्थायी ठेगाना भएका शाहीलाई खडाचक्र नगरपालिका–८ मोल्पा राताडाबाडबाट विष्फोटक पदार्थसहित पक्राउ गरिएको डिएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार बम बिस्फोटमा प्रयोग हुने ३२ थान जिलेटिन, १ थान इलेक्ट्रिक डडकर्ड, १ थान आइइडी माइत, एक किलो बारुद लगायतका सामग्री बरामत गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस