अपांगता भएका बालबालिकाका लागि भत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १३, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत १३, काठमाडौँ । सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक र मानसिक अपांगता भएका बालबालिकाका लागि देशभरि नै पुनःस्थापना केन्द्र स्थापना र भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले शारीरिक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिवार, समाज र देशले बोझकारुपमा लिन नहुने बताए ।

मन्त्री ज्ञवालीले आफ्नो छोरीमा पनि मानसिक अपांगताको समस्या रहेको भन्दै आफूले पनि त्यो समस्यालाई नजिकबाट भोगेको अनुभव सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस