चैत १४, काठमाडौँ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–१ गढीकिल्लामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज खानको मृत्यु भएको बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले पुष्टि गरेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको बुटवलका डिएसपी मल्लले जानकारी दिए ।
खानको छातिमा गोली लागेको डिएसपी मल्लले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा खानको मृत्यु भएको हो।