भारतका विदेश सचिव गोखलेको अकस्मात नेपाल भ्रमण किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १५, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । भारतका विदेश सचिव विजय गोख्लको अकस्मात नेपाल भ्रमण हुनुलाई परराष्ट्रविज्ञले अर्थपुर्ण रुपमा हेरेका छन । यतिबेला गोख्लेको भ्रमणको विषयलाई लिएर अनेक किसिमका टिप्पणी भईरहेको छन । खासमा नेपालमा लगानी सम्मेलन र भारतमा लोकसभाको महासंङग्रामा चलिरहेको बेला उनि किन अकस्मात नेपाल भ्रमणमा आए भन्ने प्रश्न खडा भएका छन ।

उनले एकदिन बसेर प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेका छन । नेपालमा पाकिस्तानी सभाुमुखसहितको संसदिय टोली आउन लागेको खवरले भारत शसंकित भएको थियो । यही विषयको वास्तविकता बुझ्न भारतीय विदेश सचिव गोखले नेपाल आएको बुझिएको छ । भारतीय–पाकिस्तान विवादित काश्मिरमा केही समय अघि भएको तनावपुर्ण अवस्था र त्यसको समाधान अझै नभएको कारण पाकिस्तान र नेपालबाट नै कुनै विशेष भ्रमण नहोस् भन्ने चाहना भारतको रहेको बुझिएको छ । यसैकारण सभामुख कृष्णबहादुर महराको निम्तोमा आउने भनिएको पाकिस्तानी सभामुखसहितको संसदीय टोलीको काठमाडौं भ्रमण स्थगित भएको छ ।

यो भ्रमणलाई परराष्ट्र मन्त्रालयको आग्रहमा स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताए ।

यसअघि परराष्ट्र मन्त्रालयले चैत दोस्रो साता काठमाडौंमा हुने भनिएको नेपाल–पाकिस्तान विदेश सचिवस्तरीय संयन्त्र बैठक एकाएक स्थगित गरेको थियो । परराष्ट्र स्रोतका अनुसार भारतीय विदेशसचिव काठमाडौं आउने टुंगो लागेपछि पाकिस्तानसँगको पूर्ववर्ती निर्णयको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस