इसुजुको आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुप नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ९, मंगलबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
इसुजुको आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुप नियुक्त

बैशाख ९,काठमाडौँ । एसएमएल इसुजुले नेपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एस एम एलइसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एस एम एल इसुजुका सवारी साधानहरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ ।
एस एम एल इसुजुको आधिकारीक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरणका लागी सदैब तत्पर रहने जनाएको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले बिगत सात वर्षदेखी एस एम एल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै बिस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए । यस ब्राण्डप्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एस एम एल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो । कम्पनीको यस निर्णयबाट अत्यन्त खुसी र उत्साहीत रहेको पनि खड्काले बताए ।

एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुलबस र स्टाफ बस अन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् । स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखी बजारको अग्रणी स्थानमा रहेको पनि जानकारी गराएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस